श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ६ गते बुधबार, २३ अगष्ट २०२३, पिङ्गल संवत्सर । श्रावण शुक्ल पक्षको सप्तमी तिथि भोलि ०३ः४८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र स्वाती ०८ः२२ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । मनग्य लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउने कोशिस गर्नेछन्। मालसामान हराउने र फजुल खर्च बढ्ने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि उपलब्धि जोगाउन सफल भइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ । सामान्य उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना काममै अल्झनु पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ। नियमित काम भने सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ।