श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ७ गते बिहीबार, २४ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्ल पक्षको अष्टमी तिथि भोलि ०३ः२७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र विशाखा ०९ः१८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मनोरञ्जनपूर्ण समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राको प्रक्रिया अघि बढ्न सक्छ। काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । नतिजा हातपार्न काम दोहो¥याउनु पर्ला । उद्देश्य पूरा नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ । सामान्य उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा समय दिन नसकिए पनि व्यावसायिक कर्मले गति लिनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिफल हातपार्न केही समय लाग्नेछ।नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।