श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ८ गते शुक्रबार, २५ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको नवमी तिथि भोलि ०२ः१८ बजेसम्म उप्रान्त दशमी, नक्षत्र अनुराधा ०९ः२९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । काममा जुट्नैपर्ने बाध्यता रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी र खर्चको विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रन सक्छ । सहयोगीले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकको सहयोगले केही फाइदा उठाउन सकिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ। मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायका लागि यात्राको सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै हुनाले उपभोग्य सामग्री खरिद गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम प्रारम्भ हुनेछ । महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ । यात्राको साइत जुर्न सक्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्नेछन्।