श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ९ गते शनिबार, २६ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको दशमी तिथि भोलि ००ः२३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र ज्येष्ठा ०८ः५१ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्या सुल्झाउन अलमल हुनेछ । शरीरमा पनि कमजोरी महसुस हुनेछ । चासो लिँदा आफ्नो काम बिग्रन सक्छ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूका नजरमा व्यस्तता बढे पनि कम महत्त्वका काममा समय बित्नेछ। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय लागे पनि केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोगले आंशिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
योजनाले आकस्मिक यात्रा गराउन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पु¥याउनेछ । विवादमा अघि नसर्नु होला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनग्य आम्दानी हुनेछ । कामको चाप बढ्ने समय छ । केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो काम प्रारम्भ हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । कामबाट धनलाभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।