धरानमा निषेधादेश जारी भएपछि धरानको पश्चिम सिमाना वराहक्षेत्रको खारखोलास्थित झण्डा चोकमा प्रहरीले धरानतर्फ आउने सवारीहरुलाई रोकेको छ । तर इटहरीतर्फ जाने चार चक्के सवारीका साधन, टेम्पु मोटरसाइकल निर्वाध चलिरहेका छन् ।
धरानतर्फ चल्ने यातायात भने बन्द गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्सपेक्टर रामप्रसाद तिम्सिनाले जानकारी दिएका छन् ।
पैदल यात्रीलाई कडाइका साथ सोधपुछपछि अति आवश्यक कामका लागि भने आवतजावत खुला गरिएको छ । झन्डाचोकमा सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ गरिएको छ । शान्तिपूर्ण आउजाउ भइरहेको प्रहरीले जानकारी दिएको छ ।