श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल भदौ १० गते आइतबार, २७ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको एकादशी   तिथि २१ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मूल ०७ः२९  बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ०५ः३० बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ।     
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको काम बन्नेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काम र गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।