नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यतिबेला मुलुकलाई राजनीतिक स्थितरता, सुशासन र दण्डहीनतामा शून्य सहनशीलता आवश्यक रहेको बताएका छन् । उनले राजनीतिकको हिसाबले देशै अस्तव्यस्त देखिएको बताएका छन् । 

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले चलाएको १ महिने ‘ग्रिन एण्ड क्लिन धरान’ अभियानको समापन कार्यक्रममा बोल्दै डा. कोइरालाले जातीय र धार्मिक सद्भावमा बसिरहेका नेपालीलार्ई खल्बल्याउने काम भएको बताए । 

Green and clean dharan blastkhabar.com (1)

उनले धरानमा लागेको निषेधाज्ञा सद्भावका लागि भएको बताए । ‘धार्मिक जातीय सद्भाव राख्न सकिएन भने देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा जान्छ ।’ डा. कोइरालाले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कतिक धार्मिक कुनै कुरा पनि हाम्रो देशमा अहिले ठीक अवस्थाबाट हिंडिरहेको छैन, नेपाली कांग्रेसको जिम्मेवारी राजनीतिक स्थिरता हामीलाई चाहिएको छ, सुशासन चाहिएको छ, भ्रष्टाचारमूक्त समाज हामीलाई चाहिएको छ । दण्डहीनतामा शून्य सहनशीलता चाहिएको छ ।’

डा. कोइरालाले यी विषयमा संवेदनशील नभए देश समुन्नत बन्न नसक्ने बताए । 

ग्रिन एण्ड क्लिन अभियान धरानमा अत्यन्तै सान्दर्भिक भएको डा. कोइरालाले बताए । ‘अरुबेला भाषण गर्ने मात्रै भए पनि अहिले १ नम्बर  क्षेत्रका घरघरमा पुग्ने कार्यक्रम सह्रानीय र उदाहरणीय छ ।’ डा.  कोइरालाले भने । उनले अन्य जिल्लालाई पनि अभियान चलाउन आग्रह गरे । 

‘धरान पहिले–पहिले ग्रिन नै थियो, बिस्तारै–बिस्तारै हामीले समाप्त गर्दै गयौं, ग्लोबल वार्मिङको एउटा पार्ट डेंगी भएको बुझ्न जरुरी छ ।’ डा. कोइरालाले भने, ‘यस्तो अवस्थामा जनताको मन छुने काम, डेंगी बिरामीलाई हेरचाह गर्ने र औषधि दिने काम र अस्पताल लाने काम अत्यन्तै मनलाई छुने कार्य भएको छ ।’ 

Nepali Congress Dharan Green and Clean Campeign blastkhabar.com (2)