श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ११ गते सोमबार, २८ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको द्वादशी तिथि १८ः३७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तराषाढा भोलि ०२ः१८ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः२९ बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मेहनत गरे भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ।     
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धाक देखाउनेहरू स्वतः पछि पर्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयत्नले धेरैको भलाइ हुने काम गर्न सकिनेछ । काममा प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारो समयमा साथ पाउनाले समस्या पार लगाउन सकिनेछ । नसोचेको धनलाभ हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।