अन्यायपूर्ण तरिकाले घन्टाघरबाट निष्काशित  मजदुरको पुनर्बहालीको माग गर्दै आन्दोलित मजदुरलाई नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले कार्यपालिकाबाट निर्णय गरेर पुनर्बहाली गर्ने आश्वासन दिएका छन् ।

आज मजदुरहरुसँग भएको दोस्रो चरणको वार्तापछि कार्यपालिकामा प्रस्ताव राख्न र बहस, पैरवी गर्न वडा नम्बर २ का वडाध्यक्षलाई नगर प्रमुख साम्पाङले अनुरोध गरेका छन् ।

मजदुरको पक्षबाट वार्तामा कुरा राखेका वडाध्यक्ष राईले मजदुरलाई निकाल्ने निर्णय कार्यपालिका बसेर गरेको पनि होइन, एक वर्षका लागि ज्यालादारीमा राखेर गोल्डेन हेन्ड्सेक दिएर जाँदा राम्रो हुने कुरा राखेका थिए । उनले नगरपालिकामा पत्राचार गरेको बताउँदै व्यवहारिक पक्षबाट जाँदा राम्रो हुने बताएका थिए । 
नगर प्रमुख साम्पाङले तत्काल निष्काशित कर्मचारीलाई पुनर्बहाली गर्न नसकिने बताएका थिए ।
'हामीले दुईटा व्यवहार गर्नु मिल्दैन, सातै जनालाई पुनर्बहाली गर्न सकिँदैन, गोल्डेन हेण्डसेकको विषयमा कार्यपालिकामा छलफल गर्छु,' नगर प्रमुख साम्पाङले भने,'कार्यपालिकामा कुरा राख्दा कर्मचारीको पक्षमा निर्णय नहुने कुरै आउँदैन ।' 

वार्तापछि प्रतिक्रिया दिंदै संघर्ष समितिका संयोजक  समशेर वर्देवाले ताला लगाउनु बाध्यता भएको बताए ।

'मजदुरले पाउने रोजीरोटीको ग्यारेन्टी हुँदा मजदुरकै हातबाट आजै ताला खोलिन्छ ।'  उनले भने ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका धरान अध्यक्ष कमल भट्टराईले धरान २ का वडाध्यक्षलाई साछी राखेर मजदुरको कार्यपालिकाबाट पुनर्बहाली गर्ने सहमति भएको र आजै घण्टाघर खोल्ने सहमति भएको जानकारी दिए । 

मजदुरहरुले कर्मचारी पुनर्बहालीको माग राख्दै आन्दोलनस्वरुप घण्टाघरमा तालाबन्दी गरेका थिए । उनीहरुले विगत दश दिनदेखि घण्टाघरमा आन्दोलन गर्दै आएका थिए । 

यस्तो छ सहमति 

Majdur mayor sahati