श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि. सं. २०८० साल भदौ १२ गते मङ्गलबार, २९ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको त्रयोदशी तिथि १५ः०३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण भोलि ००ः०४ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। आफन्तको सहयोग जुट्नाले थालेको काम बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही असमझदारी देखापर्ने समय छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । मन प्रफुल्लित रहला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पछिका लागि आयस्रोत सबल बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गलत व्यक्तिको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।