धरान । एनसेल आजियाटा लिमिटेडले ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ जित्न सफल भएको छ ।
काठमाडौँमा शुक्रबार सम्पन्न सातौं सेल्स समिटको अवसरमा निर्णायक मण्डलका सदस्य आशिष तिवारीले एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिलाई अवार्ड हस्तान्तरण गरे ।
एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्ड प्राप्त गरेको हो । ‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौँ । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने कार्य जारी राख्नेछौँ ।” विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए ।