श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १३ गते बुधबार, ३० अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको चतुर्दशी तिथि ११ः१६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र धनिष्ठा २१ः०३ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व प्राप्त हुने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । तर, मेहनतको केही प्रतिफल अरूका लागि खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनतले उपलब्धि दिलाउनेछ । रोकिएका कामसमेत सम्पादन गर्न सकिनेछ । कर्मयोगले जिम्मेवारी दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। महत्वाकाङ्क्षाले लक्ष्यमा पुर्याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। थालेको काम दोहोर्याउनु पर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गोपनीयता बाहिरिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुनसक्छ।