बराहक्षेत्र–७ तित्रीगाछीस्थित महेन्द्र माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षयकोषका लागि १ लाख रुपैयाँ प्रदान गरेका छन् ।
विद्यार्थी विनोद श्रेष्ठले छोरा विमान श्रेष्ठको तेस्रो जन्म दिनमा विद्यालयले स्थापना गरेको १० लाख रुपैयाँको कोषलाई सो रकम सहयोग गरेका हुन ।
कार्यक्रममा पूर्वविद्यार्थी श्रेष्ठले छोराको जन्म दिनलाई रचनात्मक भएर मनाउन रकम प्रदान गरिएको बताए । विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा श्रेष्ठले नगद हस्तान्तरण गरेको प्रधानाध्यापक फिरोज घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यले पूर्वविद्यार्थी विनोद र उनकी पत्नी यमकुमारी श्रेष्ठले शिक्षा जस्तो पवित्र कार्यमा उच्च योगदान दिएको भन्दै खुसी व्यक्त गरे ।