श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल भदौ १४ गते बिहीबार, ३१ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण शुक्लपक्षको पूर्णिमा तिथि ०७ः२५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा १८ः०३ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ। आफ्ना कमजोरी सकेसम्म सार्वजनिक नगर्नु होला।      
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
किनमेलमा केही रकम खर्च हुनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र आफ्नो वर्चस्व बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहनत गरे आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुन सक्छ। शरीरमा कमजोरी अनुभूति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गरेमा सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ । हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । विवादले साथीभाइमा फाटो ल्याउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।स्वास्थ्य मा समस्या आउनेछ । छोटो दूरी को यात्रा हुनेछ ।