धरान । नेताहरूले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन् ।

काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औं पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताए । उनले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे ।

नेपालका सबै पार्टीका नेताहरूले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क थियो । मोरङ काङ्ग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।