श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १५ गते शुक्रबार, १ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भदौ कृष्णपक्षको द्वितीया तिथि भोलि ००ः१३ बजेसम्म, उप्रान्त तृतिया, नक्षत्र पूर्वभाद्र १५ः१६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि  कुम्भ, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।      
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम गर्न सकिनेछ । खोजी गर्दा आम्दानीको नयाँ स्रोत फेला पर्नेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । स्वास्थ्यमा ध्यान पुर्याउनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। राजनैतिक क्षेत्र बाट सफलता मिल्नेछ।