श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं.२०८० साल भदौ १६ गते शनिबार, २ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भदौ कृष्ण पक्षको तृतीया तिथि २१ः१३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र उत्तरभाद्र १२ः५१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः२३ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी पनि हुने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। केही खर्च बढ्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने हुनसक्छ। खर्चिलो काम थालनी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।पुरुषार्थी काम प्रारम्भ हुनसक्छ। भेटघाटले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले दाम र इनाम दिलाउन सक्छ । काममा जग बसाउने मौका छ । मित्रता बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । केही रकम हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ । लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । रोकिएका काम राम्रैसँग सम्पादन हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रजनको साथसहयोग जुट्नाले लाभ उठाउन सकिनेछ। अरूको दबावमा परिने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना कमजोरी सार्वजनिक नगर्नुहोला। विवादमा अघि नसर्नु नै उत्तम होला। दिन सामान्य बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्नेछ । आफ्ना कमजोरी सार्वजनिक नगर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायबाट विशेष उपलब्धि प्राप्त हुनेछ।