पाकिस्ताानी सुरक्षा फौजले आतङ्वादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्वादी मारिएका छन् । 

सुरक्षा बलले शुक्रबार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्वाद विभागले जनाएको छ । 

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिएको कारबाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारबाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारबाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ । 

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो । साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी–अतिवादी सङ्घसङ्गठन सक्रिय छन् ।

- फाइल तस्बिर