अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । 

माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्यूरोले शनिबार संयुक्तरुपमा एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।

माउइ जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर एक सय १५ जनाले ज्यान गुमाएका छन् । माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर अधिकांशको मृत्यु भएको छ । 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । 

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।