विराटनगर । सीमावर्ती बजार भारतको जोगवनीबाट तस्करीको मटर विराटनगरमा भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङमार्फत् तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल मोरङले छापा हानेर विराटनगरबाट ठूलो परिमाणमा तस्करीको मटर बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी विराटनगरले १२ सय ७५ केजी तस्करीको मटर विराटनगर–९ ठाकुरबारीबाट बरामद गरेको छ ।
बरामद गरेको मटर विराटनगरका किराना पसलका होलसेल व्यापारी उमाकान्त भगतको रहेको प्रहरीले जनाएको छ । विराटनगरमा भगतको ठूलो खाद्यान्नको होलसेल पसल रहेको छ । उनले क्यारिङमार्फत् तस्करी गरी मटर भण्डारण गर्ने र विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको मटर सशस्त्र प्रहरी विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । बरामद गरेको मटर ५७ हजार ३ सय ७५ मूल्य बराबरको रहेको प्रहरीको भनाइ छ ।