कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीद्वारा सर्वोच्चमा दर्ता गरेको रिट सोमबार पूर्ण इजलासमा पेश गर्न आदेश भएको छ ।
आज सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरिएको हो ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा परेपछि सुनुवाइ सरेको थियो ।
मुख्यमन्त्री थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ मा परेको थियो ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।