पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोगमा किरात याक्थुङ चुम्लुङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको संयुक्त आयोजनामा २१ जनाले रक्तदान गरेका थिए ।
कुम्मायक गाउँपालिका स्वास्थ्य शाखाको समन्वय साथै उद्योग वाणिज्य सङ्घ यासोकको सहयोगमा २१ जनाले रक्तदान गरेका थिए । ‘रक्तदान जीवन दान’ भन्ने मूल नारासहित यासोक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी, राजनीतिक दल, रेडक्रस, किरात याक्थुङ चुम्लुङ र विभिन्न सङ्घ– संस्थाका पदाधिकारी गरी २१ जनाले रक्तदान गरेको कियाचुले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको रक्तदान कार्यक्रमले रगत अभावमा छट्पटिएका बिरामीहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रक्तदान गरिएको रेडक्रस सोसाइटी उपशाखा यासोकका सभापति खेमराज निरौलाले जनाए । कुम्मायककै क्यान्सर पीडित सीता खवासको उपचारमा रगत अभाव भएको स्मरण गर्दै निरौलाले उनीजस्तै अन्य क्यान्सर पीडित वा अन्य नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको निरौलाको भनाइ छ ।
रक्तदान कार्यक्रमकोे उद्घाटन गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले गरेका थिए । सोही अवसरमा स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्का, रेडक्रस जिल्ला शाखा अधिकृत गुरु तिम्सिना, उद्योग वाणिज्य सङ्घ शाखा यासोक अध्यक्ष गोपालप्रसाद पोख्रेललगायत राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ कुम्मायक अध्यक्ष पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।