भद्रपुर/झुटा विवरण पेस गरी १६ जना गैर नेपालीलाई नेपाली नागरिकता बनाइदिएको मुद्दामा फरार पूर्व वडाध्यक्ष कारागार चलान भएका छन् ।
झापाको भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशी कारागार चलान भएको जिलल प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उच्च अदालत विराटनगर इलाम इजलासले २०८० जेठ २४ गते एक वर्ष तीन महिना कैद र एक लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने फैसला सुनाएको थियो ।
उनले २०७६ सालसम्म १६ जना गैर नेपालीलाई नागरिकता दिएको अनुसन्धानको क्रममा खुलेको थियो । उनले विचौलियामार्फत नक्कली जन्मस्थान कायम गरी टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गरी नौ जनालाई नागरिकता दिएका थिए । जिल्ला प्रशासन झापाबाट विभिन्न मितिमा गैर नेपालीलाई नागरिकता प्रदान गरिएको थियो ।