धरान । बलिउड अभिनेता आयुष्मान खुरानालाई सिजी कर्प ग्लोबलअन्तर्गतको सिजी फुड्सले भारतमा आफ्नो उत्पादन वाईवाई चाउचाउको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीसँग मित्रवत् सम्बन्ध रहेको अभिनेता आयुष्मानले आफू ब्रान्ड एम्बेसडर नियुक्त भएपछि विश्व बजारमा बेग्लै छाप बनाइरहेको नेपाली उत्पादनसँग व्यावसायिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
प्रबन्ध निर्देशक चौधरीले पनि बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुसी लागेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । चौधरीले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ, खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’ आयुष्मान पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’ लाई लिएर चर्चामा छन् ।
उनले दुई पटक सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर क्रिटिक्स पुरस्कार र उनले सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए । अभिनयको अतिरिक्त, खुरानाले आफ्ना धेरै चलचित्रहरूका लागि पनि गीत गाएका छन् । विकी डोनरबाट स्थापित भएका उनले प्रेमलीला, दम लगा के हईशा, सन् २०१५ लगायतमा अभिनय गरेका थिए । यसबाहेक पनि अन्य थुप्रै चर्चित फिल्म दिएका छन् ।