विराटनगरमा आज निस्किएको रथयात्रामा शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुलाई विराटनगरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

रथयात्रामा उच्छृङ्खल गतिविधिमा संलग्न र विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । 

पक्राउ पर्नेमा ६ जना नेपाली, ३२ जना भारतीय रहेको प्रहरीले जनाएको छ ।