धरान १० स्थित पुतलीलाइनमा ३० लाखको लगानीमा ताइवानी चिया पसल ‘डाकासी छा’ खुलेको छ ।

शुक्रबार धरान उपमहानगरका उप्रमुख अइन्द्रविक्रम बेघाले रिबन काटेर ‘डाकासी छा’ को उद्घाटन गरे । 

उनले धरानमा नयाँ व्यवसाय खुल्दा धरानको विकासमा पनि सहयोग पुग्ने बताए । पसलका सञ्चाल सुरजविक्रम समशेर राणाका अनुसार ३० लाख रुपैयाँ लागतमा पसल खुलेको हो । 

धरान शाखाको प्रोपाइटर टिना लिम्बू रहेकी छन् । पसल काठमाडौंको शाखाको रुपमा खुलेको हो । काठमाडौंमा न्युरोड वसन्तपुरमा पसल रहेको छ । 

सञ्चालक राणाका अनुसार ‘डाकासी’ को अर्थ दिन दुःखीलाई सहयोग र ‘छा’ को अर्थ चिया हो । उक्त चिया ताइवानमा सन् १९९० बाट सुरु भएको हो । राणाले उक्त चिया विश्वप्रख्यात भएको बताए । 

पसलमा राम्रो माछा टी, आइसक्रिम टी, जसमिन फ्रुटलगायत धेरै फ्लेवरमा चिया पाइने छ । सञ्चालक राणाले भने, ‘चिया स्वास्थ्यका लागि राम्रो छ ।’ 

उद्घाटन कार्यक्रममा हाङ्गाम वंश उत्थान सङ्घका केन्द्रीय अध्यक्ष अशोक हाङ्गाम, याक्थुङ चलचित्रकर्मी सङ्घ नेपालका अध्यक्ष नवीन मेन्याङ्बोलगायतको उपस्थिति थियो । चियाको मूल्य २ सय रुपैयाँ र ३ सय ५० रुपैयाँ रहेको छ ।