काठमाडौंमा रहेका धरानेहरुको साझा संगठन ‘हामी धराने’ ले तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

‘हरितालिका तीज–२०८०’ को शुभकामना आदानप्रदानसँगै धरानेले ‘दर खाने कार्यक्रम’ आयोजना गरे । शनिबार आनन्दनगरस्थित दियो ब्यांक्वेटमा धराने चेलीहरुलाई आमन्त्रण गरी दर खुवाइएको संस्थाका तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

धरानका चेली वरिष्ठ गायिकाद्वय मथुरा श्रेष्ठ र लोचन भट्टराईको प्रमुख आतिथ्यतामा २ सय धराने चेलीहरुलाई दर खुवाइएको थियो । कार्यक्रममा सहभागीले सामुहिक नाचगान गर्दै रमाइलो गर्दा वरिष्ठ गायिकाद्वयले गीत प्रस्तुत गरेका थिए । 

तिज मिलन कार्यक्रममा धराने अग्रज शक्ति थापा, मनमोहन कर्माचार्य साथै तदर्थ समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा संयोजक समितिका सदस्य शशी शर्मा पौडेलले उपस्थित सहभागीलाई स्वागत गरेकी थिइन् । 

Dharane Teej kathmandu (1)

कार्यक्रम रिता लिम्बूले सञ्चालन गरेकी थिइन् । कार्यक्रमलाई सफल बनाउन संयोजक समितिका महिला सदस्यहरु सरिता गौतम, शशी शर्मा, सुमी कर्माचार्य, पुजन न्यौपाने, जानकी बज्राचार्यलगायतले भूमिका खेलेका थिए ।  

कार्यक्रम निर्देशक विनोद श्रेष्ठ तखाछें र सहयोगी रोजेश शाक्य हप्ता दिन अगाडिदेखि लागि परेका थिए । कार्यक्रमलाई सनराइज ज्वेलर्स, रत्न आभूषण ज्वेलर्स, धरान गहना गृह प्रालि, सिद्धी दन्तकाली ज्वेलरी, श्री पिण्डेश्वरी ज्वेलरी, सौभाग्य ज्वेलर्स र नगमा (विशाल बजार) ले प्रायोजन गरेका थिए । 

कार्यक्रम संयोजक सरिता गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।