श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २८ गते बिहीबार, १४ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र कृष्णपक्षको औंसी तिथि भोलि ०७ः२४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी भोलि ०५ः०६ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः४८ बजे र सूर्यास्त ०६ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वादविवादमा अलमलिनु पर्दा काममा बाधा पुग्नेछ । स्वास्थ्यमा समस्या हुँदा काम रोकिन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मिहिनेतले उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। आफ्नो व्यवसायबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ । समय लागे पनि काम सफल बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विशेष उपहार प्राप्त हुन सक्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा आम्दानी बढाउन सकिनेछ । परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा धन र श्रम खर्चनु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पु¥याउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गरे रोकिएको काम सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।