श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ ३० गते शनिबार, १६ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको प्रतिपदा तिथि ०९ः३१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी ०७ः४७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। तर, खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने काम गर्न हौसला प्रदान गर्नेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै आएको मौका गुमाउनु पर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु पर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।