श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज १ गते सोमबार, १८ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको तृतीया तिथि १२ः५१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा १२ः१८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः५० बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ  । तपाईंले सोचेअनुसार काम सफल हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाई‌ंमाथि अनावश्यक आरोप लाग्नसक्छ । घरपरिवारका सदस्यबीच मतभेद पनि हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन शुभ छ । त्यसैले आज तपाईंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन कसैसँग विवाद र झगडा नगर्नु होला । विवाद गरे आर्थिक हानि हुन सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक सेवाको काममा लाग्नुभयो भने मनमा सन्तोष छाउनेछ । मित्रजनबाट सहयोग प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कष्टपूर्ण यात्रा होला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउन सक्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सकारात्मक सोच राख्नुहोला । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वृद्ध, असहायहरूलाई केही उपहार दिएमा आत्मिक सन्तुष्टि होला । नजिकको फलदायी यात्रा पनि हुनसक्छ ।