धरान उपमहानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक कर्मचारी आन्दोलित भएका छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षकमैत्री नभएको भन्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको शैक्षिक आन्दोलनको कार्यक्रमअनुसार धरानमा समेत शिक्षक कर्मचारी आन्दोलित भएको आन्दोलन परिचालन समिति धरान उपमहानगरपालिकाले जनाएको छ ।
आन्दोलनबारे आज शिक्षक कर्मचारीले धरानस्थित शिक्षा युवा तथा खेलकुद महाशाखालाई अवगत गराएका छन् ।
आन्दोलनका कार्यक्रमअनुसार आगामी बुधबारदेखि धरानका सबै सामुदायिक विद्यालय पूर्ण रुपमा बन्द रहने र शिक्षक कर्मचारी आन्दोलनमा रहने परिचालन समितिले शाखा प्रमुख गणेशप्रसाद खतिवडालाई जानकारी गराउँदै पत्र थमाएको छ ।
धरानमा ११ सदस्यीय आन्दोलन परिचालन समिति निर्माण भएको छ । जसमा बुद्धसागर सुवेदी, आशबहादुर राई, रुद्रबहादुर लुङ्वा, रेखा राई, नारायण, अजित यादव, मनु तामाङ, संदेश भट्टराई, राजेन्द्र खड्का, कमल राई र ताराकुमार राई रहेका छन् ।
परिचालन समितिलेक नगर प्रमुखको सचिवालय, उपप्रमुखको सचिवालय र प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिएको छ ।