श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल असोज २ गते मङ्गलबार, १९ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर। भाद्र शुक्ल पक्षको चतुर्थी तिथि १३ः५६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र स्वाती १३ः५९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः५० बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
थालेको कामकाजमा ध्यान दिनुहोला । तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन शिवालय मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा गर्दा फलदायी हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्तजनको साथ सहयोगले मनमा प्रसन्नता छाउला ।रोकिएका काम बन्नाले उत्साह बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक समस्या सुल्झनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारमा असमझदारी बढ्नाले केही समस्यामा परिनेछ। आफन्तजनमै ईष्र्यालु मनोवृत्ति बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। कामकाजमा पनि पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बीचमा घरेलु समस्या देखिने हुँदा सावधान रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन जुट्नेछ भने सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको कार्य अघि बढ्नेछ । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनुका साथै आम्दानी बढ्नेछ।