अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाए हो । 

युक्रेनी राष्ट्रपतिसँग वासिङ्नमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्रीभागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा  उनि पुगेका हुन् । उनले  हतियार सहायतासम्बन्धी विषयसँग परिचित एक जना अधिकारीले बताएका हुन् । युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटिएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने उनले बताए । 

यसैबीच, युक्रेनले शुक्रबार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षति गरेको छ । एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो । यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन् ।