हातैले बुनेका कपडा अब धरानमै उपलब्ध हुन थालेको छ । त्रिकाया ह्याण्ड क्राफ्टमार्फत् कपडा र तयारी पोसाकको पसल धरानमा खुलेको छ ।
धरान १० स्थित पुतलीलाइनमा पहिलो शाखाका रुपमा पसलको उद्घाटन गरिएको छ ।
पसलका सञ्चालक लुना पलिखेका अनुसार २० लाख लगानीमा पसल सञ्चानमा आएको हो । पसलमा कटनका कपडाहरू पाइन्छन् ।
सञ्चालक पलिखेले भनिन्, ‘नेपालमा उत्पादन भएको कपडा हो । अन्य कपडाभन्दा गुणस्तरीय र स्वास्थ्यवर्धक पनि रहेको छ ।’
कपडा जाडो र गर्मी दुबै मौसममा लगाउन मिल्ने उनको भनाइ छ । त्रिकाया ब्राण्डका कपडा धरानमा एक हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छन् ।
कपडा नेपालमा भन्दा विदेशमा निर्यात भइरहेको सञ्चालक पलिखेले बताइन् । कपडा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने रहेको उनको भनाइ छ ।
तीन जना युवाहरूले कपडा उत्पादन सुरु गरेकाले ब्राण्डको नाम त्रिकाया राखिएको हो ।
सञ्चालक पलिखेले भनिन्, ‘बुद्धको तीन रुपको पनि अर्थ लाग्छ । तीन जनाले खोलेकाले त्रिकाया राखिएको हो ।’ कपडा सहुलियत दरमा समेत उपलब्ध हुने सञ्चालकले बताएका छन् ।