न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले उनमा सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ ।
आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा आइतबार गरेका छन् ।
चुनावी अभियान र प्रचारप्रसार अब (अनलाइन)बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताउनुभएको छ । आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिनुभएको । उनले देश र जनताका खातिर दोब्बर मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।