विजयपुर । सेन्साईले दशैँतिहारलक्षित उपहार योजना ल्याएको छ ।

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले दशैँतिहारको अवसरमा ‘यो दशैँतिहार, हरेक दिन टि.भी. उपहार’ योजना ल्याएको हो । योजना भदौ २७ गतेदेखि लागू भएको छ । योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदपश्चात् ‘लक्की ड्र’ मार्फत् ४० दिनसम्म ४० भाग्यशाली ग्राहकहरूले उपहार प्राप्त गर्नेछन् ।

ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इन्चको टि.भी. उपहार जित्न सक्नेछन् । सेन्साईका ग्राहकहरूले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर खरिद गरिएको सामान तथा वारेन्टी कार्ड नम्बर विवरण भर्नु पर्नेछ ।

कम्पनीले सामान खरिद गर्न ग्राहकका लागि निःशुल्क डेलिभरी, निःशुल्क जडान सुविधा प्राप्त गर्ने जनाएको छ । शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा पनि पाउनेछन् ।

चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजि लोयल्टी क्लब’ कोरिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । सिजीको वेबसाइटमा आफ्नो विवरण दर्ता गर्नुपर्ने छ । नेपाल अधिराज्यभर सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।