वराहक्षेत्र । वराहक्षेत्र धामको धार्मिक पर्यटनलाई बढाउन वराहक्षेत्रमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक कोकाह फुटबल क्लबले वराहक्षेत्र मन्दिरमा सोमबार पत्रकार सम्मेलन गरी असोज २१ गतेबाट ‘प्रथम कोकाह कौशिकी मिनी गोल्डकप फुटबल’ प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार, दोस्रो पुरस्कार २६ हजार रुपैयाँ र ट्रफी रहेको छ ।

खेल अवधिभर प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैयाँ र विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, हाई स्कोरर र स्ट्राइकरलाई जनही २ हजार नगद प्रदान गरिने आयोजक कौशिका फुटबल क्लबका सचिव रविन परियारले बताए  ।

फुटबलमा मोरङ जिल्लाको विराटनगर सिटी क्लब, उदयपुरको रियल डुम्रीबोटे फुटबल क्लब, धरानको धरान–१६ फुटबल क्लब, यसैगरी तालतलैया बोइज फुटबल क्लब, वराहक्षेत्र नपाको खारखोला फुटबल क्लब, बगुवा फुटबल क्लब, हाटखोला फुटबल क्लब र आयोजक कोकाह फुटबल क्लब गरी ८ टिम सहभागी हुनेन् भने खेलको समापन असोज २८ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत असोज २१ गते हुने उद्घाटन खेल धरान–१६ र वराहक्षेत्र–१ को  खारखोला फुटबल क्लबबीच हुनेछ । २२ गते तालतलैया र बगुवा भिड्नेछन् भने २३ आयोजक कोकाह फुटबल र उदयपुरको डुम्रीबोटे क्लबले प्रतिस्पर्धा गर्नेछन् । २४ गतेको खेलमा विराटनगर सिटी क्लब र वराहक्षेत्रको हाटखोला भिड्नेछन् । २५ र २६ गते सेमिफाइनल हुने प्रतियोगिताको फाइनल असोज २८ गते हुने आयोजकले बताएको छ ।

गोल्डकप लाई बराहक्षेत्र नपाको  वार्ड नं१ ले दोश्रो पुरस्कार लाई २५ हजार रुपैयाँ सहयोग गर्ने हो  । एक बाहेक अन्य प्रत्येकले  वार्डहरुले १० हजार रुपैयाँ बढी सहयोग गर्ने आयोजकले बताएको छ ।

३ लाख ५० हजार रुपैयाँ बजेट भएको फुटबललाई मुख्य प्रायोजक वराहक्षेत्र नहरपालिकाले १ लाख र सह–प्रायोजक वराहक्षेत्र संरक्षण मञ्चले ३१ हजार रुपैयाँ सहयोग गर्नेछ । प्रतियोगितामा नपाको ११ वटा वडाले १० हजार रुपैयाँका दरले तथा अन्य सङ्घ–संस्थाले सहयोग गर्ने आयोजक क्लबका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले वराहक्षेत्र दर्शन फाउन्डेसनका अध्यक्ष योगेश भण्डारीले नगद ५ हजार सहयोग गरेको बताए ।