मासु व्यवसायीविरुद्ध धरान सरकारले एकलौटी निर्णय गरेको आरोप लगाउँदै व्यवसायीले अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् ।
नगरले आज बङ्गुरको मासुको मूल्य समायोजनका सन्दर्भमा बोलाएको संयुक्त छलफलमा एकलौटी रुपमा मूल्य घटाई बिक्रीवितरण गर्ने निर्णय गरेकाले यसबाट सम्पूर्ण बङ्गुरको मासु व्यवसायीलाई प्रत्यक्ष असर पर्ने र घाटा व्यहोर्नु पर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण मासु पसल बन्द गर्ने निर्णय गरेको अध्यक्ष मदनकुमार तामाङले बताए ।
आज पत्रकार सम्मेलन गर्दै धरान मासु व्यवसायी संघले संघको विधान २०६० को प्रस्तावना अनुरुप गत असोज १७ गते बैठकबाट असोज २० देखि विधिगत रुपमा मूल्य समायोजन गरी बिक्री वितरण गरिरहेको अवस्थामा धरान नगर सरकारले मूल्य समायोजनबारे आज बोलाएको छलफलमा एकलौटी रुपमा मूल्य घटाई बिक्रीवितरण गर्ने निर्णयले सम्पूर्ण मासु व्यवसायीलाई प्रत्यक्ष असर परेको र घाटा व्यहोर्नु परेको बताएका छन् ।
व्यवसायीको निर्णयलाई स्थानीय सरकारले वेवास्ता गरेकाले भोलिदेखि धरान क्षेत्रभित्रका सम्पूर्ण मासु व्यवसायीलाई पसल व्यवसाय बन्द गर्न संघले आह्वान गरेको छ । संघको आह्वान पालना नगर्नेलाई विधानत: कारबाही गर्नेसमेत बताइएको छ ।
२ महिना अगाडि ३ सय ६० रुपैयाँ देखि ४० रुपैयाँ वृद्धि गरी ४ सय रुपैयाँ बनाइएको थियो । यस्तै मासु व्यवसायी संघले गत असोज २० मा समेत प्रतिकेजी १ सय रुपैयाँ वृद्धि गरी ५ सय रुपैयाँ बनाएको निर्णय नगरपालिकामा पेश गरेका थिए । मासुको अनपेक्षित मूल्य वृद्धि भएको गुनासो आएपछि धरानउपमहानगरले उद्योग वाणिज्य संघलगायत सर्वपक्षीय छलफल गरी बङ्गुरको मासु प्रतिकेजी ४ सय ६० रुपैयाँ समायोजन गरेको थियो । नगरको समायोजित मूल्यमा व्यवसायीलाई घाटा पर्ने संघको भनाइ छ ।

हाल धरानमा दैनिक ४ हजार केजी बङ्गुरको मासु खपत हुँदै आएको छ । कुखुराको २ हजार ५ सय केजी, खसीको २ हजार केजी र रागाको १ हजार ५ सय केजी मासु दैनिक खपत हुँदै आएको मासु व्यवसायी संघको तथ्याङ्क रहेको छ ।