नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका  छन् । पाटी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएका हुन् । 

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका मानिएका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर थापाले राजीनामा दिएको बताएका छन् ।

नेपाली कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । कार्कीले एमालेको साथ पाएपछि गठबन्धनको निर्णयलाई पन्छ्याएर मुख्यमन्त्री बनेका छन् ।