बाजेको पेडा, बूढो बाजेको पेडा, असली बाजेको पेडा, असली बूढो बाजेको पेडा, बाबा बैद्यनाथको पेडालगायत विभिन्न नाममा सप्तरी बरमझियामा सन्चालित पेडा भण्डार पर्यटकीय स्थल चतराघाटमा बिक्री वितरण सुरु गरिएको छ ।

'सानो गाडी सबै यतैबाट चल्न थाल्यो, पहिला दुईवटा पेडाका पसलबाट सुरु भएको चतराघटमा अहिले दर्जनको हाराहारीमा पेडा पसल खुलेका छन् ।' चतराघाटमा १५ दिनअघिदेखि पसल सन्चालनमा ल्याएका मनोजकुमार साहले भने, 'दोकान राम्रैसँग चलेको छ ।'
Peda Chataraghaat barmajhiya4
रामपुर र चतरास्थित सहकारीबाट दैनिक २ मन बढी दूध खरिद गर्ने पेडा व्यवसायी साहले व्यवसाय सन्तोसजनक चलेको बताए । 'यताबाट गाडी धेरै नै चलिरहेको छ, बाइक, सानोगाडी यही बाटो चल्दैछ ।'

व्यवसायी साहले चतराघाटबाटै धरान, इटहरीका पसलमासमेत खुवालगायतका 'आइटम सप्लाइ' गर्दै आएको बताए ।
चतराघाटमा सबैभन्दा पहिले पेडा पसल सन्चालन गरेका अरुण साहले कोसी वारि चतराघाट र पारी सोमबारेमा समेत पसल विस्तार गरेका छन् । स्थानीयले समेत सहयोग र सद्भाव व्यक्त गरेपछि उनले व्यवसाय विस्तार गरेको बताए । परिवारसहित चतरा आएका उनी बालबच्चासमेत स्थानीय विद्यालयमा भर्ना गरिदिएका छन् । 
Peda Chataraghaat barmajhiya2
मदन भण्डारी राजमार्ग हुँदै पूर्वी पहाडदेखि धरान- चतरा हुँदै  काठमाडौ जाने र पूर्व आउने यातायात सन्चालन बढ्दै गएपछि अब चतराघाटमै बरमझियाको पेडा र खुवा उपलब्ध हुँदै आएको छ ।

बराहक्षेत्र मन्दिर आउने र कोशीको पर्यटनमा रमाउनेलाई पनि चतराको वैद्यनाथ बाबाको पेडा कोसेली हुन सक्छ । दूधमा आत्मनिर्भर सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका लागि उद्योगका रुपमा यस्ता व्यवसायलाई अघि बढाउने कोसेढुङ्गा हुन सक्छ । 
Peda Chataraghaat barmajhiya

Peda Chataraghaat barmajhiya3