विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा दुई दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो ।

समापन कार्यक्रममा बोल्दै  कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्कीले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए ।

सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए ।

सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको थियो । कलर बेल्टमा प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिएको छ ।