आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपाल ओमानसँग पराजित बन्यो । नेपाल सुपरओभरका आधारमा पराजित बनेको हो । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा दुवै देशले २० ओभर खेल्दा एक सय ८४ रन बनाए । नेपालले निर्धारित २० ओभर छ विकेटको क्षतिमा एक सय ८४ रन पु¥याउँदा ओमानले नौ विकेटको क्षतिमा उक्त रन बनायो । जसले गर्दा रेफ्रीले सुपरओभर खेलाउनु परेको थियो । दुवै टोलीलाई निश्चित ओभर खेलाउनु नै क्रिकेटमा सुपरओभर हो । आइतबारको हकमा रेफ्रीको टिमले एक ओभरको सुपरओभर खेलाएको थियो । जसमा ओमानले २१ रन बनाउँदा नेपाल १० रनमा समेटियो । नेपालले एक ओभरमा २२ रन हानेको अवस्थामा मात्रै जित्ने अवस्था थियो । तर, त्यसो हुन सकेन । फलतः ऊ प्रतियोगितामा उपविजेतामा सीमित भयो । भलै आईसीसी ट्वान्टी–२० मा भने छनोट भयो । यो नेपालका लागि दोस्रो पटक आएको मौका हो । खेलाडीको योगदान र मिहिनेतका कारणले नै नेपाल क्रिकेटमा दोस्रो पटक छलाङ मार्न सफल भयो ।
नेपालले क्रिकेटमा जुन खालको योगदान गर्न सफल भएको छ, त्योअनुसार पूर्वाधारको कमी छ । पूर्वाधारमा सरकारले भनेजस्तो लगानी गर्न सकेको छैन । अर्कोतिर खेलाडीको प्राविधिक, मानसिक र भौतिक विकासका लागि पनि सरकारले योगदान दिन सकेको छैन । आफ्नै बलबुताले नेपाली क्रिकेट खेलाडीले एउटा उचाइ चुमिरहेका छन् । जसमा नेपाल र नेपालीको शान, मान र गौरव बढाएको छ । क्रिकेटमा नेपालले अझै गर्न सक्ने सम्भावनाहरु जीवित छन् । त्यो सम्भावनाको ढोका खोल्नका लागि नेपाल सरकार र सरकारका संयन्त्रहरु बढी जिम्मेवार हुन आवश्यक छ । आइतबारको खेलमा भने प्रशिक्षकको सानो त्रुटिका कारण उपविजेतामा सीमित बन्यो । सुपरओभरमा जुन जुन खेलाडीलाई मौका दिइनुपथ्र्यो, त्यो हुन सकेन । सुपरओभर आफैमा पनि शारीरिक र मानसिक दबावका बीच खेल्नुपर्ने हुन्छ । त्यसलाई ‘क्यास’ गर्न नसक्दा नेपाल चुक्यो । पहिलो कुरा त कुशल भुर्तेल पहिलो प्रहारमै आउट भए । जहाँ उनको स्थानमा अन्य खेलाडीलाई मौका दिइनुपथ्र्यो । उता बलिङमा पनि उस्तै गरी चुक्यो । तीव्र बलरहरुको प्रवेशले गर्दा ओमानले अवसर प्राप्त ग¥यो । जसका कारणले सुपर ओभरमा एक बलमा तीन दशमलव पाँच रन ल्याएको देखिन्छ । प्रशिक्षकको सामान्य कमजोरीका कारणले गर्दा नेपाल ओमानबाट छनौट चरणपछि पनि हार्न सफल भयो । छनोट चरणमा पाँच रनले पराजित भएको नेपाल फाइनलमा ११ रनले पराजित हुनपुग्यो । क्रिकेटमा सामान्य त्रुटि हुनेबित्तिकै त्यसबाट ठूलो क्षति हुने गर्छ । अन्य खेलभन्दा पृथक रहेको यो खेलमा मानसिक, शारीरिक, प्राविधिक, मैदानको अवस्था सबैलाई ध्यान दिनुपर्ने हुन्छ ।
क्रिकेटले नेपालीलाई केही आशा जगाएको छ, त्यसअर्थमा भने उपविजेतामै सीमित भइहाल्दा पनि खासै फरक परेको छैन । तर, खेलको एउटै सुन्दर पक्ष भनेको हारजित हो । हारजितले धेरै कुरालाई निर्धारण गरेको हुन्छ । खेलको सर्वमान्य नियम नै यसैमा निहित हुन्छ । त्यसले गर्दा पनि नेपाली दर्शकलाई केही निराश बनाएकै हो । त्यो निराशाका बदलामा नेपाली क्रिकेटरले आफ्ना फ्यानहरुलाई विश्व क्रिकेटमा देख्न पाउने बनाएका छन् । त्यो चाहिँ सल्यूटयोग्य छ । सबैतिरबाट निराशा छाइरहेका बेला नेपाली दर्शकहरुलाई क्रिकेटले मन बुझाउने र भुलाउने ठाउँ दिएको छ । नेपाली क्रिकेट र नेपालको विश्व क्रिकेटमा अलग्गै पहिचान भएको छ । यो पहिचान नेपाली क्रिकेटरका लागि मात्रै हैन, नेपालको लागि पनि गर्वको विषय हो । यस्ता विषयमा सरकार झन् गम्भीर भएर नेपाली क्रिकेटको विकास र समृद्धिमा थप जिम्मेवार बन्न आवश्यक देखिँदै गएको छ । नेपाली क्रिकेटमा देखिएको राजनीतिकको पर्दालाई मुक्त गरेर क्रिकेटको योगदानमा मात्रै खर्चिन आवश्यक छ । त्यसमा नेपाल सरकार अविच्छिन्न रुपमा लाग्नुपर्छ । त्यसले मात्रै नेपाली क्रिकेटलाई थप माथि उठाउनेछ ।