धरान–९ पुतलीलाइनको गौतम पथ बजारलाई तिहार र छठ पर्व नजिकिंदै गर्दा झिलिमिली बत्ती र ध्वजापताकाले सिंगारिएको छ ।

धरान–९ गौतम पथ विकास बोर्डको तथा कार्यपालिका सदस्य विकास भाटी र धरान–९ स्थित पूर्णजागरण टोल विकास संस्थाको सक्रियतामा बजारलाई झिलिमिली बनाइएको हो । तिहार र छठ पर्वलाई मध्यनजर गर्दै बजारलाई आकर्षक बनाउने र व्यापार बढाउने उद्देश्यले बजारलाई उज्यालो बनाएको कार्यपालिका सदस्य भाटीले बताए ।

गौतमपथ विकास बोर्ड समितिका सदस्य, स्थानीय घरधनी र व्यापारीहरुको सहकार्यमा प्रत्येक पसलबाट ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँका दरले रकम संकलन गरेर बजारलाई सिंगारिएको हो । आकर्षक व्यापारिक क्षेत्र बनाउने उद्देश्यले बजार सिंगारिएको गौतपथका व्यापारी केदार घिमिरेले बताए । 

Gautam path Jhilimili (1)

 गौतम पथलाइनमा ७५ बढी पसल छन् । तर पनि बजार सुनसान बन्दै गएको छ । बजारको चहलपल बढाउने मनसायले सिंगारिएपछि किनमेलका लागि आउनेहरु पनि फोटो खिच्ने र टिकटक बनाएर मनोरञ्जन गर्न थालेका छन् ।

गौतमपथ लाइनभित्र भोलि बुधबारबाट कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने समितिले निर्णय गरेको छ ।