धरान । टीसीएलको नयाँ प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा आएको छ ।
बजारमा पाइने ओलेडका विपरीत क्यूलेडमा एलसीडी प्रविधिको आधारमा निर्माण गरिएको टीसीएल कम्पनीको टिभी बजारमा आएको हो ।
तस्बिरमा उच्च गुणस्तरयुक्त बनाउने भएको कम्पनीले जनाएको छ । व्यक्तिगत पिक्सेलहरू उज्यालो बनाउन एलइडी ब्याकलाइट, र बहुब्याकलाइट प्रयोग गर्न सकिने जनाएको छ । यसका विशेषताहरूमा सुन्दर र विस्तृत तस्बिरका लागि फोरके क्वान्टम डट प्रविधि प्रयोग गरिएको छ । त्यस्तै डलबाइ भिजन आइक्यू, डलबाइ एटमोसलगायतका सुविधा रहेका छन् ।
गुगट टिभी इनटिग्रेसन, भिडियो च्याट, बहुदृश्य कार्यक्षमताका लागि वैकल्पिक क्यामराको प्रयोगसहित विशेषता भएको टिभ नेपाली बजारमा भित्रिएको हो । नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपले यो टिभीलाई बिक्री गरिरहेको छ ।