पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताएका छन् । 

बुधबार एक समारोहमा उनले भने, “एउटा मुलुकको हैसियतमा हामीले आर्थिक र सामाजिक क्षेत्रमा आफ्ना प्राथमिकताहरू निर्धारण गर्नुपर्छ र आफ्नो देशलाई सुदृढ बनाउनु पर्छ ।”उनले सरकारले विदेशी लगानी आकर्षित गर्न र त्यसमा तीव्रता ल्याउन तथा मुलुकमा सहज व्यापारलाई अगाडि बढाएर अर्थतन्त्रलाई स्थिर गर्नका लागि विभिन्न कदम चालेको र त्यसमा केही पहल सुरु भएको बताएका छन् ।

राष्ट्रपति अल्वीले अवैध तस्करीविरुद्धको पछिल्लो कारवाहीले स्थानीय उद्योगमाथि सकारात्मक प्रभाव परेको उल्लेख गर्दै करको दायरालाई अझ बढाउने र करको दायराभन्दा बाहिर रहेका व्यक्ति तथा व्यवसायलाई दायराभित्र ल्याउने प्रयास भइरहेको बताएका छन्।