सांस्कृतिक पर्वका रुपमा नेपालीहरुले मनाउँदै आएको तिहार पर्व र तिहारसँगै खेलिने देउसी भैलोले नेपाली संस्कृतिको विशिष्ट पहिचान बोकेको छ ।
सहयोग, सद्भाव, मनोरञ्जन र सामूहिकताको सन्देश बोकेको देउसी-भैलो गाउँघर र सहर बजारमा उत्तिकै उत्साहका साथ खेलिन्छ । 'धर्म, भाषा, संस्कार, संस्कृतिको मान, किरात साम्पाङ राईहरुको सान' भन्ने नाराका साथ किरात साम्पाङ राई जुम्लेखा नेपालले आजदेखि देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।
२०६४ सालमा स्थापना भएको जुम्लेखाले किरात साम्पाङको सामूहिकता, धर्म, भाषा, संस्कार र संस्कृति सम्वर्धनमा काम गर्दै आएको अध्यक्ष जयमान साम्पाङ राईले जानकारी दिए ।
अध्यक्ष जयमानका अनुसार जुम्लेखाम ४ सय घरपरिवार साम्पाङ राई आवद्ध छन् । जुम्लेखाको अर्थ साथीभाइ जम्मा हुने ठाउँ भन्ने बुझिन्छ । जुम्लेखाको कार्यालय धरान-१७ स्थित डाँडा घोपामा कार्यालय रहेको छ । देउसी- भैलोबाट सङ्कलित रकमले संस्थाको भौतिक विकास गर्ने उद्देश्य रहेको अध्यक्ष जयमानले बताए ।