धरान/पूर्वेली यातायात व्यवसायी सेवाको वार्षिक साधारणसभाले सरोज श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । 

धरानको लाङ्घाली सामुदायिक वनको सभाहलमा बुधबार आयोजित सभाले वरिष्ठ उपाध्यक्षमा मोहनमणि बराल, महासचिवमा कृष्णबहादुर कार्की, कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ, सचिवमा धनबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा प्रेमप्रसाद पोखरेल चयन भएका छन् । 

370254893_915973533490491_406459381386489210_n

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्व अध्यक्ष हीरा उदासको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आगामी बैठकले सदस्यहरू मनोनयन गर्ने भएको छ । विधानअनुसार कार्यसमिति १५ देखि २१ सदस्यीय बनाउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साविक पूर्वाञ्चल यातायात व्यवसायी सङ्घलाई पूर्वेली यातायात व्यवसायी सेवा बनाइएको हो ।