श्री शालवाहनीय शाके १९४४ ने.सं. ११४४ वि.सं. २०८० साल मंसिर १६ गते शनिबार, ०२ डिसेम्बर २०२३, पिंगल संवत्सर, मार्ग कृष्णपक्षको पञ्चमी तिथि १७ः३० बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र पुष्य १९ः०७ बजेसम्म अश्लेषा, चन्द्रराशि–कर्कट, सुर्योदय ०६ः३७ बजे र सुर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहानको समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। आँटेको काम रोकिन सक्छ।स्वास्थ्यमा समस्या देखा पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ । कामको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुरो काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ । बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । जमघट एवम् भोजभतेरको अवसर प्राप्त हुनेछ ।