प्रदेशको नाम कोशी खारेज गर्दै पहिचानका आधारमा नामकरणको माग गर्दै आएका आन्दोलनकारीहरुले धरान १५ स्थित वडा कार्यालयमा लेखिएको कोशी प्रदेश मेटाएका छन् ।
पहिचानवादी आन्दोलनकारीले धरान-१५ को वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको 'कोशी प्रदेश' मा कालो पोतिदिएका हुन् । आज समूहमा वडा कार्यालय पुगेका आन्दोलनकारीले नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरे ।
जनमूक्ति पार्टीसम्बद्ध नेता विष्णु थाम्देनले प्रदेशभरि नै आन्दोलनस्वरुप अभियान चलाएको बताए । यसअघिसमेत पहिचानवादी युवाले विभिन्न कार्यालयका साइनबोर्ड र होडिङ बोर्डमा लेखिएका 'कोशी प्रदेश' मेट्टाउँदै आएका छन् ।