विजयपुर । धरान–५ स्थित डीपी बिलिभर्स इङ्लिस स्कुलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

आइतबार स्कुलका विद्यार्थी र अभिभावकहरूका लागि शिविर सम्पन्न भएको हो । स्कुलका प्रिन्सिपल सञ्जीव बान्तवा राईले मञ्जुश्री सुपर स्पेशियालिटी आई केयर सेन्टरको प्राविधिक सहयोगमा वार्षिकरूपमा शिविर गर्दै आएको बताए ।

उनले भने, ‘आँखा स्वस्थ हुनु समग्र स्वास्थ्यको लागि आवश्यक छ तर, बेवास्ता गरिन्छ । विद्यार्थी जीवनमा अध्ययनको लागि सही दृष्टि हुनु धेरै महत्वपूर्ण रहेकाले, समय–समयमा शिविरको आयोजना गरिएको हो ।’ स्कुलको पूर्व प्राथमिक समूहदेखि कक्षा ९ सम्मका ४ सय ५० विद्यार्र्थी तथा अभिभावकको आँखा परीक्षण गरिएको थियो ।

शिविरमा ३० जना विद्यार्थीको आँखामा समस्या देखिएको थियो । स्कुलका सह–प्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले चिकित्सकको समूह, कञ्चन शाक्य, जुली विक, कुमारी राई र मनिषा चौधरीका साथै मञ्जुश्री सुपर स्पेशियालिटी आई केयर सेन्टरप्रति धन्यवाद व्यक्त गरे ।

eye2

eye